गोदावरीमा १५ दिने ब्युटिसियन तालिम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा १५ दिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको सहयोगमा युवा शान्ति परिषद्को आयोजना तथा सुदूरपश्चिम ब्युटिपार्लर एसोसियसन शाखा अत्तरियाको सहकार्यमा १५ दिने ब्युटिसियन तालिम सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए । समापन कार्यक्रममा बोल्दै भट्टले ब्युटिसियनहरुले आफू रोजगार बन्दै थुप्रै व्यक्तिहरुलाई समेत रोजगार प्रदान गरेको बताए ।

nisarga

उनले उक्त तालिममा सिकेको कुराहरुले प्रशिक्षार्थीहरुको व्यवसायिक जीवनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो समय ब्युटिसियन पेशा प्रतिष्ठित पेशाका रुपमा स्थापीत भएको उनको भनाई थियो ।

त्यस्तै सुदूरपश्चिम ब्युटिपार्लर एसोसियसन शाखा अत्तरियाकी अध्यक्ष दिपीका कुँवर हमालले ब्युटिसियन पेशामा दिनहुँ नयाँ नयाँ प्रविधि तथा डिजाइनहरु भित्रिने गरेकोले ब्युटिसियनहरुलाई समय समयमा प्रशिक्षण आवश्यक पर्ने बताइन् ।

तालिम आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता तालिम आयोजनाका बजेट विनियोजन गरिदिन उनले नगरपालिकासंग आग्रह गरिन् । प्रशिक्षार्थी मञ्जु नेपालीले तालिमले आफूहरुलाई सहयोग गर्ने बताइन् ।

२२ जना प्रशिक्षार्थी रहेको उक्त तालिममा मायाज ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टर काठमाडौंकी सञ्चालक वरिष्ठ ब्युटिसियन गीता गीरी मुख्य प्रशिक्षक रहेकी थिइन् ।

अत्तरियाको सत्कार होटलको हलमा सञ्चालीत उक्त तालिमको समापन कार्यक्रममा होटल व्यवसायी महासंकी केन्द्रिय उपाध्यक्ष धनादेवी चोखाल, गोदावरी नगरपालिका आथिर्क विकास शाखाका वरिष्ट उद्यम विकास सहजकर्ता दिपेन्द्र ओली, युवा शान्ति परिषद् धनगढीका अध्यक्ष प्रेम ढुंगाना, कार्यक्रम संयोजक यज्ञराज कापडी लगायत प्रशिक्षाथी तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।