
अत्तरिया – कैलालीको धनगढीमा रहेको दृष्टि फोउन्डेसनले अत्तरियामा वृद्धाश्रम सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ स्थित तेघरीमा वृद्धाश्रम सञ्चालन गरेको हो ।
वृद्धाश्रमको एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका ननगर प्रमुख विरेन्द्र भट्टले उद्धघाटन गरेका हुन् ।

फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको सभाअध्यक्षतामा सम्पन्न भएको उद्धघाटन कार्यक्रममा नगर उप प्रमुख शारदा देवी रोकाया, कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप वड, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बकार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले राज्यले लिनुपर्ने जिम्मेवारी फाउन्डेसनले ब्यहोर्दै आइरहेको बताए । फाउन्डेसनलाई सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै उप प्रमुख रोकायाले पनि आफूहरु संधै फाउन्डेसनको पक्षमा रहेको बताइन् । सडकमा अलपत्र भेटिएका मानवहरुको उद्धार गरि फाउन्डेसनले पून्यको काम गरिरहेको उनले बताइन् ।
कार्यक्रममा नगर प्रमुख भट्टलाई संरक्षकत्व समेत प्रदान गरिएको थियो । फाउन्डेसनकी सञ्चालक भट्टले सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएकी थिइन् ।
दृष्टि फाउन्डेसनमा भएका अधिकांश महिलाहरु मानसिक असन्तुलन भएका रहने भएको हुँदा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राख्नुपर्ने बाध्यता भएको उनले बताइन् ।















