गोदावरी नदीमा ६ जना फसे

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नदीमा ६ जना फसेका छन् । श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जना नदीमा फसेका हुन् ।

काठेपुल नजिक नदीको बिच भागमा रहेको टापुमा उनीहरु फसेको र उद्धारको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

nisarga

टापुको दुवैतिर समान पानी भएकोले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन् ।