कैलालीमा पछिल्लो ९ घण्टामा ९६ मिलिमिटर वर्षा

Image
maya metro

अत्तरिया – कैलालीमा पछिल्लो ९ घण्टामा ९६ मिलिमिटर वर्षा भएको छ । अत्तरिया धनगढी क्षेत्रमा बुधबार बिहान ८:४५ देखि बेलुकी ५ :४५ सम्म ९६ मिलिमिटर वर्षा भएको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

करिब १ घण्टामात्रै भएको वर्षाले कैलालीका नदीहरुमा जलसतह बढेको छ भने विभिन्न ठाँउमा डुबान भएको छ । गोदावरी नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ भने गोदावरी नदीमै एक महिलाको शव फेला परेको छ ।

nisarga

पहिचान नभएको उक्त शव नदीले नै बगाएर ल्याएको हुनसक्ने आंशका गरिएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने मौसम विभाग महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ ।

१० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।