गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी – २ शान्तिटोल बस्ने  २२ वर्षीय रबिन कुमार मल्ल  र डोटीको पुर्वीचौकी गाउँपालिका – ४ बस्ने २८ वर्षीय काले भन्ने तेज बहादुर खड्का रहेका छन् ।

nisarga

मल्लको शान्तिटोलस्थीत घरको कोठामा लागूऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा शुक्रबार (आज) बेलुकी चेकजाँच गर्दा ब्ल्याङकेटको खोलभित्र प्लाष्टिकको पोकामा लुकाइ छिपाइ राखेको  ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र यस इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । दुवैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।