फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

Image
maya metro

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले शुक्रवार रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वकृत गरेको हो।

फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएसँग निर्माणको कानुनी बाटो खुल्ला भएको बताएको छ। वातावरणीय प्रभाव मूल्याङ्कनको काम औपचारिक रूपमा शुक्रवारदेखि सकिएको हो।

nisarga

धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला तथा खेल ग्रामको परियोजना निर्माणका लागि जग्गा प्राप्ति, विकास समिति गठन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण लगाएको काम पूरा भएका छन्। रङ्गशाला निर्माणका प्राविधिक कामहरू पूरा भएका हुन।

रङ्गशाला निर्माणमा २६ अर्बको लगानी आवश्यक पर्ने देखिएको छ। ५० हजार दर्शकको क्षमता रहेको क्रिकेट रङ्गशाला तथा खेल ग्राम निर्माणका लागि बजेटको जोहो गर्नुपर्ने देखिएको छ।

धनगढी उपमहानगरपालिका–३ फाप्लामा क्रिकेट रङ्गशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, स्पोट्र्स म्युजियम, तथा विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टिस्पोट्र्स हल लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ।