
अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरीका ३५ वर्षीय तपेश खड्का र धनगढी उप–महानगरपालिका ५ बस्ने २६ वर्षीय दिक्पाल स्वार रहेका छन् ।
खड्काको साथबाट ३१० र स्वारो साथबाट ५० ट्रामाडोल क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले शनीबार बेलुकी ५ बजेको समयमा पक्राउ गरेको हो ।
दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















