बडिमालिकाबाट फर्किने क्रममा लडेर मृत्यु भएका दुई जनाकाे शव सेनाकाे हेलिकप्टरमार्फत सुर्खेत लगियाे

Image
maya metro

 बाजुरा – बडिमालिकाकाे दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर मृत्युु भएका दुई जनाकाे शव नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ ।

बडिमालिका नगरपालिकामा पर्ने विष्णुपानी क्षेत्रकाे भीरबाट लडेर मृत्यु भएका दुवै जनाकाे शव आइतबार दिउँसो सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हाे ।

nisarga

२२ साउनमा बडिमालिका दर्शन गरी फर्किने क्रममा काठमाडौंको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र भाेलिपल्ट बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।

भीरमा अड्किएका दुवै शव नेपाली सेनाकाे ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति कृष्ण तिमिल्सिना नेतृत्वको टाेलीले निकालेकाे थियाे भने स्थानीय प्रशासनले भरिया लगाएर दुवै शव त्रिवेणी नगरपालिका-६ हलानीबियामा रहेकाे हेलीप्याडसम्म पुगाएकाे थियो ।

बर्दियाका घाेडासैनीकाे शव सुर्खेत छाडेर ओझाकाे शव काठमाडौं लगिने प्रहरीले जनाएको छ ।