डडेल्धुराको एक होटलबाट ५ जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

डडेल्धुरा – डडेल्धुराको एक होटलबाट ५ जना जुवाडे पक्राउ परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजार स्थित सोही नगरपालिका–१० बस्ने ४२ वर्षीय दिपक भण्डारीले संचालन गरेको आरति होटेलको दोस्रो तलामा जुवातास खेलिरहेका ५ जना जुवाडे पक्राउ परेका हुन्।

nisarga

होटल सञ्चालक दिपक भण्डारीसहित ५ जनालाई नगद ३७ हजार ७८५ र २०८ पत्ति ताससहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।