बुढिगंगा नदीमा बगेर युवकको मृत्यु

Image
maya metro

बाजुरा – बाजुरा बडीमालिका नगरपालिका–२ का २२ वर्षीय हिमाल महतको नदीले बगाएर मृत्यु भएको छ ।

माछा मार्न गएका महतलाई बुढिगंगा नदीमा बगेर मृत्यु भएको हो ।

nisarga

माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्केपछि आफन्तले प्रहरीलाई जानकारी गराएको थियो ।

जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टालीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।