रुबी हत्या प्रकरणका आरोपी लक्ष्मणको मृत्यु

Image
maya metro

काठमाडौं – रुबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार, उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको हो ।

nisarga

लक्ष्मण आज बिहानमा पक्राउ परेका थिए । उनलाई जलेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो ।

अवस्था गम्भीर देखिएपछि उनलाई आजै उपचारका लागि काठमाडौं ल्याइएको थियो ।