
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अव्यवस्थित रूपमा प्रयोग भइरहेका दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न निर्देशन दिएको छ।
नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाउँदै तीन दिनभित्र सवारी साधन बुझाउन निर्देशन दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिका बैठकको निर्णयअनुसार शाखा प्रमुख, प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका पदाधिकारी तथा कर्मचारीहरूले प्रयोग गरिरहेका मोटरसाइकल र स्कुटर तीन दिन भित्र जिन्सी शाखामा बुझाउन भनिएको छ।
पत्रमा तोकिएको समयमा सवारी साधन नबुझाए नियमानुसार कारबाही गरिने समेत जनाकारी गराइएको छ।
















