कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका पटाका बरामद

Image
maya metro

अत्तरिया – कैलाली र कञ्चनपुरमा अवैध भन्सार छलीका पटाका बरामद गरिएको छ । बिहीबार कैलालीको टीकापुर नगरपालिका –८ श्रीलंकाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५० हजार बराबरका विभिन्न प्रकारका पटाकाहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त पटाका इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ कासिपुरे टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु. ३ लाख ३३ हजार ९१२ बराबरको विभिन्न प्रकारका पटाकाहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

nisarga

उक्त मूल्यका पटाका इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बल बि.ओ.पि.कञ्चभोजबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।