बाजुराकी सिर्जनाले बाटोमै जन्माइन् बच्चा

Image
maya metro

बाजुरा – बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् ।

nisarga

सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो ।

अनमी विष्टका अनुसार, सुत्केरीको अवस्था सामान्य छ । सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी समेत नहुँदा सेवा प्रवाहमा समस्या रहेको उनको गुनासो छ । बाजुरामा धेरै आमाले बाटो, मेलापात र घरमा बच्चा जन्माउने गरेका छन् ।

बूढीगंगा नगरपालिकाले करार कर्मचारी हटाएपछि सबैभन्दा असर स्वास्थ्य संस्थामा परेको छ ।

नगरपालिका ८ स्वास्थ्य संस्थामा एकजना स्वास्थ्यकर्मीको भरमै चल्न बाध्य छन् । ३ वटा स्वास्थ्य संस्था बन्द रहेको सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताए ।