पियर रिभ्यू टिमले गर्यो रोजगारदाता र पूर्व विद्यार्थीसंग छलफल

Image
maya metro

अत्तरिया – कैलालीको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित उत्तर वनखेतमा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई क्यूएए प्रदानका लागि फाइनल एसेसमेन्टमा आएको टोलीले रोजगारदाता र पूर्व विद्यार्थीसंग छलफल गरेको छ ।

सम्बन्धित समाचार : क्यूएए प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस

nisarga

बिहिबार क्याम्पसको हलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले रोजगारदाता र पूर्व विद्यार्थीसंग छलफल गरेको हो ।

टिमले दुर्गालक्ष्मीको भौतिक र शैक्षिक गुणस्तरका बारेमा छलफल गरेको हो । टोलीले भोलि अभिभावक र शिक्षाप्रेमीसंग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ ।