दार्चुलामा चरेशसहित एक जना पक्राउ

Image
maya metro

दार्चुला – दार्चुलामा झन्डै दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–६ रैचु बस्ने ४७ वर्षीय मान सिंह धामी चरेशसहित पक्राउ परेका हुन्।

nisarga

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोकुलेश्वर धुलिगडा सडक खण्डमा धामीलाई चेकजाँच गर्दा उनको साथबाट १ के.जि. ९७५ ग्राम चरेश र १ थान डिजिटल तराजु फेला पारि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।