महिला जागरण तथा विकास केन्द्रले ग¥योे वार्षिक उपलब्धि सार्वजनिक

Image
maya metro

अत्तरिया – गैर सरकारी संस्था महिला जागरण तथा विकास केन्द्रले आफ्ना वार्षिक उपलब्धिहरु सार्वजनिक गरेको छ । धनगढीमा आज आयोजित एक कार्यक्रममा केन्द्रले वार्षिक उपलब्धि सार्वजनिक गरेको हो ।

कार्यक्रममा उपलब्धिहरु सार्वजनिक गर्दै प्राध्यापक डाक्टर शशी अधकारीले महिला जागरण तथा विकास केन्द्रले प्रदान गरेका सिपमुलक कार्यक्रमहरुका कारण थुप्रै महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताइन् । एक वर्षको अवधीमा गरिएका तालिमहरु पनि प्रभावकार िभएको र महिलाहरुको नेतृत्व विकास भएको उनले बताइन् ।

nisarga

केन्द्रले महिलाहरुको समूह गठन गरी सिपमुलक तालिमहरु सञ्चालन गरेको र व्यवसाय सुरुवातका लागि आर्थिक सहयोग समेत गरेको अधिकारीले बताइन् । कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्रकी अध्यक्ष डाक्टर अनिता श्रेष्ठले कानुनी पहिचान, व्यक्तिगत घटना दर्ता लगायतका अति महत्वपूर्ण विषयमा पनि आजसम्म पनि कतिपय महिलाहरु अनविज्ञ रहेको बताइन् ।

महिला जागरण तथा विकास केन्द्रले धनगढी तथा गोदावरीका विभिन्न वडाहरुमा काम गर्दै अइरहेको छ । सन् १९९७ मा स्थापना भएको यो संस्थाको मुख्य लक्ष नेपालमा महिला र बालबालिकाको अधिकारको संरक्षण एवंम प्रवद्र्धनमा केन्द्रित रहेको छ । यस्ले न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै विभेद र हिंसा न्यूनिकरण सम्बन्धी कार्यकमहरु आयोजना गर्दै आईरहेको छ।

धनगढी तथा गोदावरीका जनप्रतिनिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध प्रतिनिधिहरु,कानुन व्यवसायी,स्थानीय समुहका महिलाहरु,सञ्चारकर्मीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन केन्द्रकी सहजकर्ता रुपा विकले गरेकी थिइन् ।