
कैलाली – धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोल क्षेत्रमा साँझपख प्रहरीले शंका लागी सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनीबार बेलुकी से ४ प ५०३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा धनगढी- १६ बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो।

फेला परेको पदार्थ, मोटरसाइकलसहित कठायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













