
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ मा रहेको गोदावरी सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनीबार आज वनका अध्यक्ष दिल बहादुर मडैको सभा अध्यक्षतामा भएको साधारण सभामा गोदावरी नगरपालिका वडा नम्बर- ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा गोदावरी सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बहादुर बोहरा विशिष्ठ अतिथि रहेका थिए ।
वनको नयाँ कार्यसमित चयन पनि आजै गर्ने कार्यतालिका रहेकोमा सहमति हुन नसकेपछि स्थगित भएको छ ।















