गोदावरी नगरपालिकाले मकर मेलामा निःशुल्क बसको व्यवस्था गर्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बाह्रराशी दर्शन मकर मेलाका लागि निःशुल्क बसको व्यवस्था गर्ने भएको छ । सुदूरपश्चिमकै पर्यटकिय स्थलका रुपमा रहेको गोदावरी धाममा माघ १ गते आयोजना हुन लागेको बाह्रराशी दर्शन मकर मेलाका लागि निशुल्क बसको व्यवस्था गरिने नगरपालीकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

बाह्रराशी दर्शन मकर मेलामा जाने श्रद्दालु भक्तजनहरुको सहजताका लागि निशुल्क बसको व्यवस्था गर्न लागिएको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । मकर मेलाको दिन गोदावरीधाम जाने श्रद्दालु भक्तजनहरुको घुईचो लाग्ने भएकाले नगरपालिकाले एक दिनका लागि निःशुल्क बसको व्यवस्था गर्न लागेको उनले बताए । मकर मेलाको दिन माघ १ गते बिहान ४ बजेदेखी अत्तरिया चौराहबाट ४ वटा बसको व्यवस्था गरेको हो ।

nisarga

नगरपालीकाले जाडोको समय भएकाले राति बस्ने श्रद्दालु भक्तजनहरुको लागि आगो ताप्न दाउराका साथै घुम्ती शौचालयको पनि व्यवस्था गरेको छ । त्यस्तै धाममा एउटा स्वास्थ्य हेल्प डेस्कको पनि स्थापना गरिने नगरप्रमुख भट्टले बताएका छन् । नगरपालिकाले हरेक वर्ष मकर मेलाको दिन निःशुल्क बसको व्यवस्था गर्दै आएको छ ।