समुदायका अगुवाहरुसंग सामाजिक मान्यता र पोषणबारे नगरस्तरीय संवाद कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा समुदायका अगुवाहरुसंग सामाजिक मान्यता र पोषणबारे अन्तरक्रिया गरिएको छ ।

केयर नेपाल र आइडी नेपाल आर्थिक सहयोगमा याक नेपालद्धारा सञ्चालन गरिएको पोषण परियोजनाले परम्परागत धार्मीक गुरु तथा समुदायका अगुवाहरु र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरुसंग बालबालिकाको लागि पोषणबारे संवाद गरेको हो ।

nisarga

बिहिबार आयोजित कार्यक्रममा याक नेपालकी प्रतिनिधि सरिता चौधरीले गोदावरी नगरपालिकामा पछिल्लो समय बालबालिकाको खानपानको बारेमा जानकारी गराएकी थिइन् ।

सो क्रममा उनले समाजमा अझै पनि जरा गाडेर बसेका थुप्रै परम्परागत मुल्य मान्यताहरुले बालबालिकाले पूर्णरुपमा पोषण प्राप्त गर्न नसकिरहेको बताइन् ।

गर्भावस्था र सुत्केरी अवस्थामा आमा र बच्चा माथि गरिने विभिन्न असामान्य व्यवहारका कारण आमा र बच्चा दुवैले पोषिलो आहारबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको चौधरीले बताइन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले बालबालिकामा हुने कुपोषण कम गर्न आफूहरुले सक्दो प्रयास गरिरहेको बताइन् ।

परम्परागत मुल्यमान्यता र गरिबिका कारण पनि कुपोषण शून्यमा झार्न कठिनाई भइरहेको उनले बताइन् ।

कार्यक्रममा गोदावरी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, स्वास्थ्य शाखाका प्रतिनिधि जनकराज अवस्थी, धार्मीक तथा सामाजिक अगुवाहरु, युवा तथा बाल क्लबका प्रतिनिधिहरु, किशोरी सञ्जालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।