
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ मा रहेको बसन्तपुर महिला सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनीबार वनकी अध्यक्ष डमरु देवी बमको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा गोदावरी नगरपालिका वडा नम्बर- ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष मलले वन संरक्षणमा महिलाको भूमिकाको प्रशंशा गरे । उनले वन संरक्षण गर्ने दायित्व कार्यसमितिको मात्र नभइ सबै उपभोक्ताहरुको भएको बताए ।
कार्यक्रममा वनकी सचिव पार्वती कार्कीले गत आर्थिक वर्षको आय व्यय तथा चालु आर्थिक वर्षको अनुमानित आय व्यय प्रस्तुत गरेकी थिइन् ।
वनको कार्यालयसंगै रहेको वडा नम्बर- ४ को कार्यालय परिसरमा सम्पन्न भएको साधारण सभामा सब डिभिजन वन कार्यालय अत्तरियाका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिसंगै उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।













