गोदावरीमा स्कुल बसले किचेर बालकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा स्कुल बसले किचेर बालकको गोदावरी मृत्यु भएको छ ।

आइतबार बिहान गोदावरी-८ स्थित शारदा विद्या निकेतनको से १क ६०४ नम्बरको बसले किचेर गोदावरी-८ स्थित शान्तिटोलका साढे दुई वर्षीय निहार भुलको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

nisarga

शारदामै अध्ययन गर्ने दिदीलाई स्कुल बससम्म छोड्न आमासंग आएका निहारलाई बसले किचेको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बससहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।