
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुलको शिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी- ३ र कृष्णपुर- ५ नम्बर वडा जोड्ने मोहना पुलको शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास गर्दै नगर प्रमुख भट्टले यसले दुवै पालिकाका स्थानीयलाई सहज हुने बताए । प्रदेश सरकारको ४ करोड १५ लाख ११ हजार ८५ रुपियाँमा निर्माण सम्पन्न हुने यो पुल २०८३ को पुस ३० गते निर्माण कम्पनी अशु खप्तड भैरव जेभीले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ ।
पुल निर्माणका लागि असार मसान्तमा ठेक्का भएको थियो ।













