
अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बिहिबार (आज) मध्यान्ह साढे बाह्र बजेको समयमा धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१०११प८५८५ नम्बरको मोटरसाइकलले गोदावरी- १ स्थित पाठक पेट्रोलपम्पनजिक धनगढी अत्तरिया ६ लेन सडकखण्डमा साइकलयात्री कञ्चनपुरको कृष्णपुर-७ का गोपाल रानालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते रानाको उपचारकाक्रममा साढे १ बजे दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
मोटरसाइकल चालक धनगढी- ५ का अन्दाजी २३ वर्षीय नबलु राना र मोटरसाइकलमा सवार कृष्णपुर-६ का २३ वर्षीय मनुराज राना घाइते भएको प्रहरीले जनाएको छ ।
मध्यम अवस्थाका उनीहरु दुवैको निर्सग अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।













