
अत्तरिया – कैलालीको अत्तरियामा महाशिवरात्री पर्व मनाइएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविधालय शाखा अत्तरियाले आयोजना गरेको शिवध्वजारोहण एवम स्नेह मिलन कार्यक्रम सँस्थाकी प्रमुख ब्रह्माकुमारी रविनाको संयोजकत्वमा सम्पन्न भएको हो ।

कथावाचिका सुमी मानवले प्रवचन दिएको कार्यक्रममा भगवान शिवको नामबाट सामुहिक केक काटीएको थियो ।
त्यस्तै शिवध्वजारोहण गदैै भजनकिर्तन गरिएको थियो । कार्यक्रममा सशस्त्र बाहिनीका निमित्त बाहिनिपति, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।














