
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरीका अनुसार सोमबार साँझ भक्तपुरस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिइएकाे हो।
चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा उनलाई पक्राउ गरिएकाे प्रहरीको भनाई छ।

गत साता पक्राउ परेका उनी माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभ लगायत विभिन्न मुद्दाहरु अदालतमा विचाराधिन छन्।
प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा उपस्थित गराइएको छ।













