
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्ट प्रचारप्रसारका क्रममा आज मोहन्याल गाउँपालिकाको वडा नम्बर-५ मा घरदैलोसँगै वडा भेलामा सहभागी भएका छ्न् । उनले जनताको माग अनुसार काम गर्ने प्रतिवद्धतासहित मतदातासँग मतदान गर्न आग्रह गरे ।
खास गरी उम्मेदवार भट्टले सुरुवात गरेको राजीपुर-बालुवागडा-खनैया ताल सडक आफ्नो पहिलो प्राथमिकता रहेको बताए । जनताको माग पनि त्यही थियो प्रचार प्रसार विभाग सदूरपश्चिम प्रदेशका प्रमुख भागरथी विष्टले भनिन त्यसलाई हामीले पूरा गर्छौ ।
उनले भनिन् ‘भट्ट एमालेका मात्रै नेता होइनन्, समग्र सुदूरपश्चिमका नेता हुन् । त्यसैले उहाँको जितमा कुनै शंका छैन । जनताले फेरी एक पटक उहाँलाई उहाँले गरेको कामको मूल्यांकन गर्नुहुन्छ भनेका छन् ।’

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ४ का इन्चार्ज सन्तोष शर्मा थापा लगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।















