
अत्तरिया – नेकपा एमालेका उप महासचिव एवम् कैलाली क्षेत्र नम्बर- ४ का उम्मेदवार लेखराज भट्टले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
भट्टले आज एक कार्यक्रमको आयोजना गर्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य र खेलकुद, भौतिक पूर्वाधार,कृषि सिँचाई, खानेपानी, जलस्रोत तथा उर्जालाई मुख्य बुँदा बनाएका छन्।

त्यसैगरी औधोगीकरण तथा रोजगार, धर्म कला, संस्कृति तथा पर्यटन र सुशासन र पारदर्शिता तथा राष्ट्रिय गौरवका आयोजनालाई पनि उनले मुख्य बुँदामा समेटेका छन् ।
७ बुँदामा यस्ता छन् भट्टका प्रतिबद्धता















