चुरेका बोगटीले एमाले छाडेर कांग्रेस छाने

Image
maya metro

कैलाली – नेकपा एमाले त्यागेर चुरे गाउँपालिका -४ गर्भाका धनबहादुर बोगटीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गर्भा दरबारमा आयोजित चुनावी सभामा नेकपा एमाले परित्याग गरेर बोगटी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

nisarga

२५ वर्षदेखि नेकपा एमालेमा सक्रिय रहेका बोगटीले एमालेका पछिल्ला गतिविधी समाज र आम नागरिकको हितविपरीत भइरहेकाले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आस्था अँगालेको बताए ।

उनले नेपाली कांग्रेसलाई उचाइमा पुगाउन आफू हरसंम्भव प्रयत्न गरिरहने बताए ।

उनलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।