
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले २०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भमा भारतबाट ५ करोड श्रद्धालु भित्र्याउने लक्ष्य रहेको बताएका छन् ।
आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भट्टले गोदावरी धाममा लाग्ने महाकुम्भमा ५ करोड भारतिय श्रद्धालु भित्र्याउन आफू केन्द्रित हुने बताएका हुन् ।

त्यस्तै कैलाली- ४ का १ लाख नागरिकलाई भारतको नासिक सहरको त्रम्बकेश्वर जोतिरलिंग मन्दिरको दर्शन गराउने घोषणा गरेका छन् ।
यसका लागि आफ्नो सचिवालयमा आजैदेखि सम्पर्क राख्न पनि उनले आह्वान गरेका छन् ।














