
अत्तरिया – अत्तरियाको गोदावरी आविष्कार केन्द्रले प्रविधि सुदृढीकरणमा नयाँ साथ पाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार रहेका छत्रबहादुर भट्टले केन्द्रलाई एक थान ल्यापटप सहयोग गरेका हुन् ।
ल्यापटप ग्रहण गर्दै केन्द्रका इन्जिनियर किरण भट्टले सहयोगप्रति आभार व्यक्त गरे । उनका अनुसार उक्त सहयोगले विद्यार्थीहरूलाई सिप सिकाइ, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा थप ऊर्जा प्रदान गर्नेछ । “यो हाम्रो लागि उत्साहजनक क्षण हो । यसले सिकाइ र सिर्जनशीलतालाई अझ बलियो बनाउनेछ,” उनले भने ।

उम्मेदवार भट्टले घरदैलो अभियानका क्रममा केन्द्रमा आवश्यक उपकरण अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको स्पष्ट पारे । आविष्कार केन्द्रले परम्परागत शिक्षाभन्दा फरक ढंगले विद्यार्थीलाई सक्षम बनाउँदै आएको उल्लेख गर्दै उनले भविष्यमा पनि शैक्षिक तथा प्राविधिक क्षेत्रका यस्ता पहलमा साथ दिने प्रतिबद्धता जनाए ।
















