चुनावका दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन निषेध

Image
maya metro

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन सवारी साधन प्रयोगमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली ले २० गते बुधबार राति १२ बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि सवारी साधन सञ्चालनसम्बन्धी सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार उक्त अवधिमा एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ।

nisarga

यस्तै, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा निषेध गरिएको प्रशासनले जनाएको छ।