
डोटी – डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो।

घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएकी थिइन्।
स्थानीयवासीको सहयोगमा उनलाई बाहिर निकालिए पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।















