कञ्चनपुरमा जीप र मोटरसाईकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा जीप र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिका ७ को लालपुरमा से १ च १४०५ को जीप र म २ प ३५०६ को मोटरसाईकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

nisarga

मृत्यु हुनेमा मोटरसाइकल चालक भिमदत्त नगरपालिका १ बाह्रकुण्ड बस्ने अन्दाजी ४० वर्षीय राम लुहार र पछाडी सवार भिमदत्त १ शान्तिटोलका ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।