वडा अध्यक्ष र अभियन्ता कुँवरबिच सहमति

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर कुँवर र स्वघोषित सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरबिच सहमति भएको छ।

अभियन्ता कुँवरले अध्यक्षले आफूमाथि अपशब्द प्रयोग गरेको, संस्था दर्ताका लागि सिफारिस नदिएको भन्दै हिजो सामाजिक सञ्जाल फेसबुकमा रुँदै लाइभ गरेकी थिइन् ।

nisarga

उनको त्यो भिडियो लाखौँले हेरेका छन् । आज वडाबासीहरु स्वस्र्फूत वडा कार्यालयमा उपस्थित भएर सत्यतथ्य माग गरेका थिए ।

सो क्रममा बोगटीले आफूले आवेशमा आएर सामाजिक सञ्जाल फेसबुकमा आएर लाइभ गरेको बताउँदै माफी मागेपछि दुई पक्षबिच सहमति भएको हो ।