कञ्चनपुरमा झन्डै ११ लाखको अवैध सामान बरामद

Image
फाइल फोटो
maya metro

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बैजनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखा क्षेत्रबाट भन्सार छलि गरी भारतबाट ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका इकाइबाट खटिएको गस्ती टोलीले बिहीबार बेवारिसे अवस्थामा अन्दाजी १० लाख ८५ हजार १५० रुपैयाँ बराबरका सामान फेला पारेको हो।

nisarga

बरामद सामग्रीमा २ ट्रली केरा (ट्रलीसहित), चुना, मोबाइल ग्लासलगायतका सामान रहेका छन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सबै सामान नियन्त्रणमा लिएको जनाएको छ।