
अत्तरिया – कैलालीमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान बर्दगोरिया गाउँपालिका-४ को भित्रि सडकखण्ड नौनियामा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोहि ठाउँकी ४२ वर्षीय दिपा न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको उपचारकाक्रममा दोदोधरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक २६ लक्ष्मण घर्तिमगर इलाका प्रहरी कर्यालय सडकपुर बौनियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।












