स्याउलेमा पक्की भवन निर्माण गर्न पहल गर्ने विष्ट नगदसहित पुरस्कृत

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेमा अस्थाइ ट्राफिक प्रहरी पोस्टको दुई कोठे पक्की भवन निर्माणको पहल गर्ने प्रहरी हवल्दार विर बहादुर विष्ट पुरस्कृत भएका छन् ।

भवनको उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले विष्टलाई नगदसहित पुरस्कृत गरेका हुन् ।

nisarga

जनसमुदायसंग सुमधुर सम्बन्ध कायम गर्दै समुदायकै करिब ९ लाख सहयोगमा दुई कोठे पक्की भवन निर्माण गर्न सफल भएको भन्दै विष्टलाई पुरस्कृत गरिएको रानाले बताए ।

विष्ट गत भदौदेखि स्याउले अस्थाइ ट्राफिक प्रहरी पोस्टको इन्चार्जको रुपमा कार्यरत रहेका छन् ।