
धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन् ।
सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट,सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सेती प्रादेशिक अस्पतालको सगग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताएका छन् ।













