नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा पाण्डे सर्वसम्मत

Image
maya metro

धनगढी – नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा रमित पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन्। धनगढीमा सम्पन्न महासंघको पाँचौँ जिल्ला अधिवेशनबाट पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनले नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सहसचिवमा रक्षा बागचन चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा भरत रिमाल र सह–कोषाध्यक्षमा यमुना साउद चयन भएकी छन्।

nisarga

यसैगरी सदस्यहरूमा ज्ञानु राना, रोहित नागरी, साबित्रा जोशी, प्रमेश चौधरी र जगत साउँद चयन भएका छन्। नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महासंघका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व झनै बढ्दै गइरहेको सन्दर्भमा यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने आवश्यकता औँल्याएका थिए।

नवनिर्वाचित अध्यक्ष पाण्डेले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए।