कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

४७ वर्षीय दुर्गा अर्खालीकाे भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।

nisarga

उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए । तर, साँझ ढल्किँदासम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गरेका थिए।

खोजीका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे राति सवा ९ बजे अस्थायी प्रहरी पोस्ट खानीडाँडामा स्थानीयले फोनमार्फत जानकारी गराएका थिए।

जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवल्दार गोरख बहादुर खड्काको कमाण्डमा ३ जनाको टोली राति नै घटनास्थलतर्फ खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।