घाँटीमा मासु अड्किएर डोटीमा एक जनाको मृत्यु

Image
maya metro

डोटी – घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका -७ दहकालिकाका अन्दाजी ५० वर्षीय काले नेपालीको मृत्यु भएको हो ।

nisarga

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति करिब ८ बजेको समयमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर उनी बेहोस् भएका थिए ।

बेहोस् भएका उनलाई राति उपचारका लागि साढे ११ बजे राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो।

चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।