धनगढीबाट अछाम जाँदै गरेको ईभी डोटीमा दुर्घटना

Image
maya metro

अछाम – धनगढीबाट अछाम जाँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ ।

सुप प्र ०२००१ ज २३९ नम्बरको ईभी केआइसिंह राजमार्गस्थित दिपायल सिलगढी नगरपालिका ५ चिसापानीमा शनिबार बिहान करिव साढे ४ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

nisarga

दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । डोटीको पुर्वीचौकी गाउँपालिका ६ की ५१ वर्षीय अमृता साउँद, सोहि ठाउँकी २६ वर्षीय प्रकाश साउँद, अछामको चौरपाटी गाउँपालिका ६ की २६ वर्षीय कला साउँद र वडा नम्बर १ की १९ वर्षीय कमला थापा घाइते भएका छन् ।

घाइतेहरुको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । १५ जना सवार ईभी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।