दुर्गालक्ष्मी सामुदायिक वनको १६ औं साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको १६ औं साधारणसभा सम्पन्न भएको छ ।

शनीबार वनकी अध्यक्ष शिवा कडायतको अध्यक्षतामा भएको साधारण सभामा सामुदायिक वनका संस्थापक अध्यक्ष डिल्लीराज खत्री प्रमुख अतिथि रहेका थिए ।

nisarga

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी सहित उपभोक्ताहरुको उपस्थिती रहेको थियो। वनकी उपाध्यक्ष मिना भण्डारीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन वनकी सचिव संगिता विश्वकर्माले गरेकी थिईन् ।

कार्यक्रममा वनकी कोषाध्यक्ष सविता भण्डारीले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । २०६४ सालमा स्थापना भएको १७४.७ हेक्टर क्षेत्रफल रहेको वनमा करिब ६०० जना उपभोक्ताहरू रहेका छन् ।