सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट नियुक्त

Image
maya metro

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्ट नियुक्त भएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले भट्टलाई पर्यटनमन्त्री बनाउने निर्णय लिएको थियो । सोहीअनुसार, मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई मन्त्री नियुक्त गरेका हुन् । भट्ट बैतडी प्रदेशसभा (२) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । भट्टले आजै साँझ ५ बजे सपथ लिँदै छन् ।

nisarga

मन्त्री सिफारिस गर्न बसेको कांग्रेस संसदीय दलको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठिन बालेन्द्र शाह बालेन नेतृत्वको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ । संघीय मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना पनि दलले दिएको छ ।

बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ । संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य छन् ।