
अत्तरिया – कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कञ्चनपुर कृष्णपुर नगरपालिका-१ कुगडा स्थित पहरीया – कुमगडा भित्री कच्ची सडकखण्डमा दक्षिण बाट उत्तर तर्फ जाँदै गरेको से १ ज २९० नम्बरको को जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा कृष्णपुर नगरपालिका-१ का ६० वर्षीय नन्दराम पार्की र सोहि ठाउँकी ६२ वर्षीय कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिप चालक कृष्णपुर १ का २४ वर्षीय अर्जुन साँउदसहित ६ जना घाइते भएका छन् ।
सोहि ठाउँकी ३५ वर्षीय धनसरी बोहरा, १३ वर्षीय सरिता बोहरा, १५ वर्षीय भावना पार्की, वडा नम्बर-२ की १४ वर्षीय रेश्मा घटाल र भिमदत्त नगरपालिकाका ५० वर्षीय गंगा बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत धनगढी लगिएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भइ ५०/६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
















