कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ ।

बुधबार राति लम्कीचुहा नगरपालिका–५ काे चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

nisarga

चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो ।

उनकाे उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।