
डडेल्धुरा – डडेल्धुरामा झाडापखालाले एक बालकको मृत्यु भएको छ । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका– २ का सात वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।
अत्यधिक पखला र वान्ता लागेपछि उनलाई उपचारका लागि जोगबुडा प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार पखाला लागेका बुढामगरकै परिवारका अन्य तीन जनालाई अस्पतालमा पुगाइएको थियो।
हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउँदै घिमिरेले फूड पोइजनको आशंका गरिएका कारण उनीहरुलाई उपचारका लागि धनगढी रेफर गरिएको जानकारी दिए ।
मृतककी आमा मञ्जु बुढामगरलाई पनि धनगढी रेफर गरिएको छ । उनमा अरु समस्या नदेखिए पनि छोराको मृत्युपछि विक्षिप्त भएर बेहोस भएका कारण उपचारका लागि धनगढी रेफर गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी घिमिरेले बताए ।
















