
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित अत्तरियामा रहेको सत्यवती एकेडेमीले वर्षेनी उतकृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।
२०८० सालको एसईई परिक्षामा यस विद्यालयका एक विद्यार्थीले चार जिपीए हाँसिल गरेका थिए । कक्षा १० सम्म मात्रै करिब दुई हजार विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयले प्लस टु विज्ञानमा पनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन गर्दै आएको सत्यवतीले कक्षा १२ को नतिजा लगातार तीन वर्षदेखि शतप्रतिशत हाँसिल गर्दै आइरहेको छ । यस विद्यालयले शैक्षिक सत्र २०८२ मा पनि कक्षा १२ को नतिजा शतप्रतिशत हात पारेको थियो ।
एसईई पछी विज्ञान पढ्नकोलागी उत्कृष्ट रोजाई बन्नसक्छ ‘सत्यवती एकेडेमी’
शैक्षिक सत्र २०८२ मा कक्षा १२ को परिक्षामा सत्यवतीबाट ४० जना विद्यार्थी सहभागी भएकोमा सबै उत्र्तिण भएका थिए । २०८२ सालको नगर स्तरिय आधारभूत तहको परिक्षामा पनि यस विद्यालयले ९८ प्रतिशत नतिजा हात पारेकोमा तीन जनाले चार जिपीए हाँसिल गरेका छन् ।
कैलालीको अत्तरियामा २०६९ सालमा स्थापना भएकोे यस विद्यालयमा एसीसहित आधुनीक कक्षाकोठा उपलब्ध छन् ।
आफ्नै सुविधा सम्पन्न भवन, एक विघा भन्दा बढी जमिनमा स्पोट्स सेन्टर, दक्ष एवम् योग्य जनशत्ति,अत्याधुनीक प्रयोगशाला,कक्षा कोठामा स्मार्ट बोर्ड,अत्याधुनीक कम्प्युटर ल्याब,पुस्तकालय,संगीत तथा स्टीम ल्याब,प्रशस्त खेल मैदान रहेको ‘सत्यवती एकेडेमीको’ यस क्षेत्रमा छुट्टै पहिचान छ ।















